२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं,६ माघ । पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बिहिबार अपरान्हमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४९७ वटा नमुना परीक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार २१ हजार ७ जनामा गरिएको पीसीआर परीक्षणमा १० हजार ५२ जनामा र ६ हजार ४९० जनामा एन्टिजेन परीक्षण गर्दा २ हजार २८६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६४९ जना डिस्चार्ज भएका छन् । योसँगै संम्रमणमुक्त हुनेको संख्या ८ लाख १८ हजार ८०९ जना संक्रमित निको भएका छन् । त्यस्तै चार जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ११ हजार ६३२ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार