२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परीक्षणका क्रममा ३२ जना र १ हजार ७ सय ३ एन्टीजेन परीक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ५६ जना निको भएका छन् । हाल नेपालमा १ सय ८१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार