२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान

विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा रहेका छन् । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बस्नुभएका उहाँ पर्यटक नै नआएपछि फुर्सदिलो बनेका हुन् । “यस मौसममा हाम्रो होटलमा फाट्टफुट्ट स्वदेशी र विदेशी चार जनाबाहेक पर्यटक आएका छैनन, चैतमा नै होटलमा चाहिने सामान जोहो गरेर बसियो, पर्यटक नआएपछि फुर्सदमै दिन बित्यो”, उनले भने । कञ्चनजङ्गाको प्रवेशद्वार मानिने घुन्सामा सात वटा होटल छन् । सबै होटलले चैतमा नै आवश्यक सामान जोहो गरे र पर्यटकको सेवाका लागि तयार भए । तर यो वर्ष कोरोना सङ्क्रमणका कारण पर्यटकको आगमन नहुँदा ती होटल सुनसान देखिन्छन् ।

कञ्चनजङ्गा पदमार्गमा पर्ने विभिन्न बस्तीमा ठूलो लगानीका साथ होटल खोलिएका छन् । पछिल्लो समयमा वन्यजन्तुको आक्रमण, खर्क अभावलगायतले पशुपालन र उत्पादन न्यून हुँदै गएपछि आलुखेतीबाट दिक्क भएका स्थानीय होटल तथा पसल सञ्चालनमा केन्द्रित छन् । तर यो वर्ष सङ्क्रमणकै कारण पर्यटक नआउँदा भने आयस्रोतको बाटो नै बन्द भएको स्थानीय बताउँछन् । “पर्यटक नआउँदा होटल व्यवसायी मात्रै नभई समग्र यहाँका बासिन्दाको आम्दानी घटेको छ, त्यसमाथि यो वर्ष आलु उत्पादनसमेत राम्रो भएन, यसले आर्थिक मन्दी आउने भयो”, तेञ्जिङ शेर्पाले भने ।

व्यसाय ठप्प हुँदा साहुबाट लिएको सामानको ऋण बुझाउनसमेत समस्या भएको स्थानीयवासीले बताए । मौसम शुरु हुनुअघि सदरमुकामलगायतका ठाउँबाट आवश्यक सामान लैजाने र मौसमको अन्तिममा साहु तिर्ने गरिए पनि यस वर्ष गत चैतमै जम्मा भएको खाद्यान्नलगायतका सामान अहिलेसम्म जस्ताकोतस्तै रहँदा समस्या भएको होटल व्यवसायीले बताएका हुन् ।

कोरोना सङ्क्रमणका कारण चैतदेखि नै लकडाउन शुरु भएको थियो । चैतदेखि जेठसम्म पर्यटक आउने मौसम भएकाले कतिपयले चैतअघि नै सामानको जोहो गरेका थिए । कञ्चनजङ्गा पदमार्गमा पर्ने सेखाथुमदेखि घुन्सासम्ममा एक दर्जन बढी होटल रहेका छन् । उता पदमार्गमा नै पर्ने खम्बाचेन, लोनाकलगायतका होटलसमेत यो वर्ष सुनसान छन् ।

यो पनि हेरौं :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार