गृहपृष्ठ नेतृत्व परिवर्तन गरि जनपक्षिय भएर कांग्रेस पार्टी अघि बढ्नुपर्छ : प्रकाशमान सिंह
नेतृत्व परिवर्तन गरि जनपक्षिय भएर कांग्रेस पार्टी अघि बढ्नुपर्छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसको १४ औं महाधिवेशन,भावी नेतृत्व र समसामयिक राजनीतिबारे कांग्रेस नेता प्रकाशमान सिंहले सातै प्रदेशका कार्यकर्ता विच कुराकानी गर्नुभएको छ । पार्टि नेतृत्वमा जव परिवर्तन हुदैन तव सम्म कांग्रेसले जनताको मन जित्न नसक्ने तर्क उहाँले गर्नुभएको छ ।पार्टिका केन्द्रीय सदस्य समेत रहनुभएका सिहले पार्टीलाई बुझेको, निष्ठावान्, तलदेखि दुःख गर्दै आएको, सिद्धान्त बुझेकोजस्ता सबै कुरा भएकोलाई महाधिवेशनबाट नेतृत्वमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । सभापति शेरबहादुर देउवाले पनि प्रजातन्त्रका लागि संघर्ष गरेतापनि,पटक(पटक प्रधानमन्त्री पनि भएको र चौथो प्रयासमा सभापति पनि भएको हो तर उहाँले पार्टी राम्रोसँग चलाउन सक्नुभएन उहाँले आरोप लगाउनुभयो ।
हरेक चार वर्षमा महाधिवेशन हुनुपर्ने हो तर विलम्ब भएसकेको छ ।तर पार्टि सभापतिले विभिन्न बहाना बनाई आसन्न महाधिबेशनलाई प्रभावित पार्ने दाउतिर केन्द्रीत भएको बताउनुभयो ।
प्रजातान्त्रिक प्रणाली जोगाउन पनि कांग्रेसलाई बलियो बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । १४ औं महाधिवेशनमा सभापति र पदाधिकारीहरू राम्रा मानिस ल्याएर पार्टीलाई संस्थागत गरी चुनौतीलाई सशक्त तवरले सम्बोधन गर्नुपर्ने दृढता ब्यक्त गर्नुभयो ।
्विभिन्न पार्टि परित्याग गरि कांग्रेसमा आएकाहरुलाई जथाभावी क्रियाशिल सस्यता दिएको तर्फ केन्द्रीत हुदै पार्टीको विधि विधानअनुसार क्रियाशील सदस्यता वितरण तथा नवीकरण गर्नुपर्ने बतानउनुभयो । विधान उल्लंघन गरेर वितरण गरेको क्रियाशीलले वैधता नपाउने बताउनुभयो ।कांग्रेसमा देखिएको सबैभन्दा ठूलो कमजोरी मूल्य मान्यता र आदर्शको राजनीति छाडेर सत्ताको राजनीतिमा केन्द्रीत हुनु समेत बताउनुभयो ।संविधान बनाउने जस्ता काम कम्युनिष्टले गर्न नसक्ने काम कांग्रेसले गरेको दावि गर्दै संविधान कार्यान्वयन गरी संस्थागत गर्ने बेला जनताले कांग्रेसलाई म्यान्डेट नदिएको दुखेसो पोख्नुभयो ।
जनताले दुई तिहार मत दिएता पनि बर्तमान सरकारले जनअपेक्षा अनुसार काम नगरेको बताउनुभयो । अवको निर्वाचनमा कांग्रेस पहिलो पार्टि बनेर देखाउने विश्वास ब्यक्त गर्नुभयो ।
७ दिन सम्म सञ्चालन हुने कार्यक्रममा नेता अर्जुननरसिंह केसी,नेता सुजाता कोइराला,डा मिनेन्द्र रिजाल, महेश आचार्य,डा. शेखर कोईराला,गगन कुमार थापा, धनराज गुरुङ ,दिपक गिरि,डा डिला सग्रौला,बद्री पाण्डे,सुजाता परियार,रमेश रिजाल, नबिन्द्रराज जोशी ,देवराज चालिसे,पुस्पा भुसाल,देबेन्द्र कण्डेल,रमेश लेखक सरिता प्रसाईं,कमला पन्त,भिष्मराज आङदम्भे,जीवन परियार,सुरेन्द्र पाण्डे लगायत २७ जना केन्द्रिय नेताको उपस्थिति रहनेछ । गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीको अध्यक्ष तेजप्रसाद लामिछानेको अध्यक्षतामा भएको बहसमा प्रत्येक प्रदेशबाट एक जना सहजकर्ता रहेकोे भर्चुअल बहस पुस्तकालय सचिव महाधिवेशन प्रतिनिधि मदन थापाको संचालन रहेको थियो ।





