२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ पश्चिम नवलपरासीकाे ऐतिहासिक रामग्राम स्तुपको विकास गुरुयोजना स्वीकृतिको प्रक्रिया अगाडि बढ्यो

पश्चिम नवलपरासीकाे ऐतिहासिक रामग्राम स्तुपको विकास गुरुयोजना स्वीकृतिको प्रक्रिया अगाडि बढ्यो

पश्चिम नवलपरासीको ऐतिहासिक महत्व बोकेको रामग्राम–७ उजैनी स्थीत भगवान गौतम वुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपको गुरुयोजना स्वीकृतिको प्रक्रिया अगाडि बढेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधश कुमार त्रिपाठीले रेडियो परासीसँग कुराकानी गर्दै गुरुयोजनाको पहिलो ड्राफ्ट स्वीकृतिका लागि प्रक्रिया अगाडी बढाईएको बताउनुभयो ।

रामग्राम स्तुपको तिव्र गतिमा विकास हुन नसकिरहेको सन्र्दभमा कोरोना महामरीका कारण पनि केहि असर परेको बताउँदै उहाँले पर्यटन र अर्थमन्त्रालमा स्वीकृतिको प्रक्रिया अगाडि बढाईएको बताउनुभयो । अन्तराष्ट्रिय विज्ञहरुसँगको परार्मस पछि तयार पारिएको गुरुयोजनामा प्रधानमन्त्री केपि शर्मा ओलीले थप केही सुझाव दिनुभएको छ ।

 

प्रधानमन्त्री ओलीले लुम्बिनीको जत्तिकै रामग्रामको पनि महत्व रहेकाले यसको विकासका लागि गुरुयोजनाको आकार बढाउन सुझाव आएकाले थप केही समय लागेको लुम्बिनी विकास कोषले जनाएको छ । गुरुयोजना कार्यान्वयनका लागि झन्डै साढे चार सय विगाहा जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । गुरुयोजना निर्माण अघि लुम्बिनी विकास कोषले बेलायतको दुरहाम विश्वविद्यालयको टोली बोलाएर जियाफिजिक्स सर्भे गरी जोखिम नक्सा तयार पारेको थियो ।

बेलाबेलामा लुम्बिनी विकास कोष अन्तर्गत रहेको एतेहासिक महत्वको रामग्राम स्तुपको तिव्र गतिमा विकास हुन नसकेको भन्दै कोषको आलोचना पनि हुने गरेको छ तर छिट्टै काम सुरु गर्ने गरी तयारी भईरहेको कोषको भनाई छ ।

यो पनि हेरौ :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार