गृहपृष्ठ शितगंगामा बाटोकाे विवाद : जुकेना पोखरीमा बाटो अबरुद्ध
शितगंगामा बाटोकाे विवाद : जुकेना पोखरीमा बाटो अबरुद्ध
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वाड नम्बर ५ भुमिकास्थान माझागाउ डाँडागाउँ पोख्री बाख्रे सम्म करिब आजभन्दा छ सात बर्ष पहिले सरकारी बजेट र स्थानीयले आर्थिक सङ्कलन गरि गाउँ गाउमा घर घरमा बाटो पुर्याउने उदेश्यले बाटो निर्माण गरिएको थियो । निकट भबिस्यमा प्रयटकिय स्थल झाक्रे झाक्रेनी हुँदै भुमिकास्थान नगरपालिका सेङ्लेङ्सम्म जोडन योजना रहेको र बजेट अभावको कारण बाटो मर्मतको लागि छुट्टाएको बाजेट बाट हरेक बर्ष दुई तीन सय मिटर बाटो अगाडि बढाउने कार्य गरिएको छ ।
पोख्री देखि सेङ्लेङसम्म जोड्नको लागि अनुमानित तीस देखि चालीस लाख बजेटको आबास्यकता पर्ने आकलन गर्न सकिन्छ पटकपटक प्रदेश र केन्द्रिय सरकार सग बजेट माग गर्दा आफ्नो माग सुनुवाइ नभएको स्थानीयको बासिको जनगुनासो छ । आर्थिक बर्ष २०७७/७८ सालको वाडा स्थरिय बाटो मर्मत को लागि तेह्रलाख बीस हजार छुट्टाइएको छ जस मध्ये साबिक जुकेना गाबिस १,२,३, वाडाका चाक्ला जुकेना सबै सगै सबै बाटो मर्मतको लागि रु छ लाख छुटाइएको छ भने साबिक जुकेना गाबिस वाड नम्बर ४,५, का सबै बाटो मर्मतको लागि रु सात लाख बीस हजार छुट्टाइएको छ ।
साबिक जुकेना गाबिस वाड नम्बर ४,५ बाटो मर्मत का अध्यक्ष नित्यानन्द बेल्वासे हुनुहुन्छ ४,५ का सबै बाटो लगभग मर्मत काॠ सम्पन भै सकेको छ केही बिवादित बाटोमा काम रोकिएको बेल्वासेले बताउनु भएको छ जस मध्ये भुमिकास्थान हुदै माझागाउ डाडागाउ पोख्री बाख्रे जाने बाटो आफुले दुई पटक सम्म जेसिबी लिएर गएको र करिब दुई सय मिटर बाटो मा बिवाद भएपछि बाटो पूरा मर्मत गर्न न सकिएको बताउनु भएको छ। यसै बिवादलाइ लिएर स्थानीय माझागाउ डाडागाउ बासिले हरेक बर्ष बाटोको मोड र बाटो फराकिलो बनाउने कर्ममा आफ्ना जग्गा हरु मासिएको र बाटोलाई मर्मतकार्य गन्तव्य सम्म पुग्नै लाग्दा बिवाद भएको भन्दै बाटोमा रुख ढाले र बाटो अबरुद्ध गरेका छ्न माझागाउ डाडागाउ बासिले बाटोलाई गन्तव्य सम्म मर्मत गर्ने सहमति नभएसम्म बाटो अबरुद्ध गरिने जनाएका छ्न ।
छुटाउनै नहुने यो भिडियो पनि हेरौ :





