गृहपृष्ठ प्रदेश ७ को हिउँदे अधिवेशन आह्वानमा ढिलाइ
प्रदेश ७ को हिउँदे अधिवेशन आह्वानमा ढिलाइ
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आह्वानमा ढिलाइ भएको छ। संविधानमा भएको व्यवस्था अनुसार एउटा अधिवेसनको समाप्ति र अर्को अधिवेसनको प्रारम्भका बीचको अवधि ६ महिना भन्दा बढी नहुने भनिएको छ। उक्त व्यवस्था अनुसार सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान यहि माघ महिनाभित्रै गरिसक्नु पर्ने कानुनी बाध्यता छ ।
वर्तमान राजनीतिक संकटले सुदूरपश्चिम प्रदेश सरकार प्रभावित भएको छ । नेकपाकै बहुमत रहेको प्रदेश सभा सदस्यहरु नेकपा विभाजन सँगै विभाजित भएपछि प्रभावित भएको हो । जुनकारण समयमा प्रदेश सभालाई प्रदेश सरकारले बिजनेश दिन नसक्दा ढिलाइ भएको हो। कानुनतः अब प्रदेश सभाको आयु ११ दिन मात्रै बाँकी रहेको छ । प्रदेश सभाको अघिल्लो अधिवेसन गत साउन मसान्तमा सकिएको थियो ।
तर प्रदेश प्रमुख अर्जुन थापाले अधिवेशन आह्वानको तयारी थालिएको बताए । राजनीतिक कारणले ढिलाइ भएको बताउँदै सभामुख थापाले बिजनेश आएकोले चाँडै नै अधिवेसन आह्वान हुुने दाबी गरे । ३ वटा नयाँ विधेयक दर्ता भएको र २ वटा पहिलेकै गरि हालसम्म ५ वटा विधेयकमाथि छलफल हुन बाँकी रहेको जानकारी गराउँदै माघ २५ गतेभित्रै अधिवेसन आह्वान गरिने बताए ।
नेपकपाकै प्रदेश सभा सदस्यहरु विभाजित भएपछि अब आह्वान हुने प्रदेश सभा बैठकमा सत्तापक्षलाई प्रतिपक्षको कडा चुनौती हुन सक्ने आँकलन गरिएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा १२ जना नेपाली काँग्रेस र २ जना जनता समाजवादी पार्टी पार्टीका प्रदेश सभा सदस्यहरु रहेका छन्। नेकपाका ३९ जना प्रदेश सभा सदस्य मध्ये ७ जना प्रदेश सभा सदस्यहरु नेकपाको ओली समूहमा खुलेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा प्रचण्ड–नेपाल समूहका नेता मानिन्छन् । सभामुख थापाले पार्टी विवाद भने जस्तो नभएको बताउँदै भने, ‘पार्टी विवाद माथिल्लो तहमा मात्रै हो। यहाँ त्यस्तो छैन । पहिले पनि राम्रै सँग बैठक सञ्चालन भयो; अब पनि राम्रै हुन्छ हामी सबै पक्षलाई मिलाएर लैजान्छौ ।’
@badimalika.com
यो पनि एकपटक हेरौ :






