२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ याेगदान राष्ट्रका लागिको आयाेजनामा प्राथमिक उपचार सम्वन्धी ३ दिने जनचेतना मुलक उद्घाटन कार्यक्रम सम्पन्न

याेगदान राष्ट्रका लागिको आयाेजनामा प्राथमिक उपचार सम्वन्धी ३ दिने जनचेतना मुलक उद्घाटन कार्यक्रम सम्पन्न

आज याेगदान राष्ट्रका लागि शाखा पश्चिम नवलपरासीकाे आयाेजना तथा रामग्राम न.पा , सरावल गा.पा र पाल्हिनन्दन गाउपालिकाकाे सहयाेगमा प्राथमिक उपचार सक्बन्धी ३ दिने जनचेतना मुलककाे रामग्राम न.पा वडा नं १२ पुरानाे जिल्ला बाल कल्याणकाे सभाहलमा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

याेगदान राष्ट्र का लागि पश्चिम नवलपरासीको जिल्ला संयाेजक ज्ञानेश्वर सहानीकाे अध्यक्षता तथा रामग्राम न.पा प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता एवम् सरावल गा.पा अध्यक्ष राधेश्याम चाैधरी , यागदान राष्ट्र का लागि लुम्बिनी प्रदेश संयाेजक राहुल काैशल काे विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा रामग्राम न.पा का कार्य पालिका सदस्य राेशन साह , ट्राफिक प्रहरी परासी प्रमुख दामोदर मल्ल , जिल्ला प्रहरी कार्यालय नवलपरासी का अ.स.ई सुरेन्द्र खड्का , मैत्री समाज नेपाल का अध्यक्ष राकेश गुप्ता , परासी एजुकेसन सेन्टरका संचालक लक्षमण यादव , पत्रकार सुरेश यादव , गाैरीशंकर जयसवाल र नेपाल रेडक्रस साेसाईटी पश्चिम नवलपरासी का घनश्याम यादव , रुद्र कुमारी कंडेल लगाएतकाे उपस्थिति रहेकाे थियाे । याे कार्यक्रम फागुन १ गते सम्म संचालन हुनेछ भने स्वागत मन्तव्य याेगदान राष्ट्र का लागि जिल्ला सदस्य सन्दिप बि.क काे रहेकाे थियाे भने कार्यक्रम संचालन रन्जित शर्माले गर्नुभएकाे थियाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार