२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ भोलि निष्काशन हुने IPO मा कति आवेदन दिने ? हेर्नुहोस पुरा जानकारी

भोलि निष्काशन हुने IPO मा कति आवेदन दिने ? हेर्नुहोस पुरा जानकारी

महिला लघुवित्तले माघ ३० गतेदेखि फागुन ४ गतेसम्म आइपीओ बिक्री खुला गर्नेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा फागुन १४ गतेसम्म खुला रहनेछ । कम्पनीले कुल ४ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीरुका लागि सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ । हाल महिलाको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि पुँजी १० करोड पुग्नेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ६५ रुपैयाँ ३७ पैसा पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ र आव २०७८–७९ मा ३८५ रुपैयाँ पुग्ने अनुमान रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार