२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ लगानी विस्तारकाे लागि आईपीओ जारी गर्ने तयारीमा वाई वाई, कहिले होला निष्काशन?

लगानी विस्तारकाे लागि आईपीओ जारी गर्ने तयारीमा वाई वाई, कहिले होला निष्काशन?

कोभिड महामारीपछि भारतमा वाईवाई चाउचाउको बिक्री ५० प्रतिशतले बढेको छ । कोभिड महामारीसँगै लकडाउन हुनु, लामो समय होटल तथा रेष्टुरेन्ट बन्द हुनु, रेल, बस, हवाई जस्ता सार्वजनिक यातायातका साधान बन्द हुनु जस्ता कारणले भारतमा ड्राइ फूडको खपत बढेको थियो।

सन् २०१९ मा भारतमा ७ अर्ब भारु मूल्य बराबरको वाईवाई बिक्री भएकोमा सन् २०२० मा १० अर्ब भारु (१६ अर्ब नेरु) बराबरको बिक्री भएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताएका छन् । फर्च्युन अनलाइनसँगको अन्तरवार्तामा उनले एक वर्षमा भारतमा मात्र ३ अर्ब प्याकेट वाईवाई बिक्री भएको र त्यो विश्वको नुडल्स मार्केटको १ प्रतिशत रहेको बताएका छन् । कोभिडका कारण २०२०मा नुडल्स मार्केट राम्रो भएपनि होटल क्षेत्रमा अनपेक्षित रहेको उनले बताएका छन् । सन् २०२१ मा होटल क्षेत्रले पनि राम्रो आर्जन गर्ने उनको विश्वास छ ।

उनले भारतमा हटसस, इन्स्ट्यान्ट पास्ता र नयाँ बिस्कुट उत्पादन गर्न लागिएको र आगामी फेब्रुवरीबाटै बजारमा आउने उनले बताएका छन् ।फुड विजनेश विस्तारको लागि आईपीओ जारी गर्ने तयारी भैरहेको पनि उनले बताकाए । ‘पुँजी बजारको विकास राम्रो भएको छ । सहि समय आएको छ । हामी धेरै उत्साहका साथ आईपीओ जारी गर्न गइरहेकाे छौं’ चौधरीले भनेका छन् ।

वाईवाई चौधरीले स्थापित गरेको नेपाली ब्राण्ड हो, जो भारत लगायत विश्वका धेरै देशहरुका उत्पादन र बिक्री हुँदै आएकाे छ । नेपालमा पनि वाईवाई सबैभन्दा धेरै बिक्री हुने चाउचाउ हो । source : E DEURALI

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार