२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ पश्चिमी वायुको प्रभावका कारण आज शुक्रबार देशभरको मौसम बद्ली हुने

पश्चिमी वायुको प्रभावका कारण आज शुक्रबार देशभरको मौसम बद्ली हुने

पश्चिमी वायुको प्रभावका कारण आज (शुक्रबार) देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अझै एक–दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको पौडेलले बताएका छन् ।

आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी शुरु हुने मौसमविद् पौडेलले जानकारी दिएका छन् । आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार