गृहपृष्ठ कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा(सुचना सहित)
कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा(सुचना सहित)
कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कुमारी बैंकले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २१ हजार ९ सय ७९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
त्यसैगरी सो संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने भएकोले उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । त्यस्तै बैंकको अनुसार उक्त समयभित्र कुनैपनि आवेदन नपरेमा उक्त सेयर बाहिरी बिक्रीका लागि प्रक्रिया अगाडी बढाइने छ ।






