२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ भेटनरी शिक्षण अस्पताल र स्थानीय बीच ३ बुँदे सहमति

भेटनरी शिक्षण अस्पताल र स्थानीय बीच ३ बुँदे सहमति

भैरहवामा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको हाताभित्र रहेको पशु चिकित्सा शिक्षण अस्पताल ( भेटनरी अस्पताल  भएको छ ।  सोमबार क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख राम भजन मण्डल, भेटनरी शिक्षण अस्पताल पक्लिहवा क्याम्पसका सह – प्रा.डा कृष्ण काफ्ले, स्थानिय सरकारको तर्फबाट सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष रमेश मल्ल, स्थाथानीयको तर्फबाट नयाँगाउँ रानीगाउँ दुर्गा मन्दिर समाजका अध्यक्ष खुशीमान गुरुङ्बीच सहमति भएको हो ।

सहमति पत्रमा पशु शिक्षण अस्पतालको सम्पूर्ण संरचना तयारी भई संचालन नभएसम्म भेटनरी शिक्षण अस्पताल र युनिट, एक्सटेन्सन, कम्युनिटी आउटरीच प्रोग्राम आदिको नाममा अन्य ठाउँमा निर्माण नगर्ने नगराउने सहमति भएको छ । यस्तै नयाँ संरचना बनाउने गरी सम्पूर्ण कागजी प्रक्रिया पूरा गरि सहमति भएको ८ महिना भित्र सम्पन्न गर्नुपर्ने र स्थानीय सरकार, स्थानीय सरोकार राख्ने पक्षहरुको प्रत्यक्ष सहभागितामा त्रि.वि. विकेन्द्रीकरण नियमाअनुसार ब्यबस्थापन समिति गठन गर्ने सहमति भएको  स्थानीय सुशिल गुरुङ्ले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार