२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ स’ङ्क्रमित बिरामीसँगै रात बि’ताउदै आएकी एक शा’हसिक नर्स भन्छिन्,”मृ’त्युसँग डर छैन”

स’ङ्क्रमित बिरामीसँगै रात बि’ताउदै आएकी एक शा’हसिक नर्स भन्छिन्,”मृ’त्युसँग डर छैन”

धापसी बसुन्धरा घर भइ विगत आठ वर्षदेखि न्यु’रो अस्पताल बाँसबारीमा काम गर्दै हुनुहुन्छ।आठ आठ घण्टा पिपिइ मा बेरिएर कोभिड सं’क्रमितसँग काम गर्नु त्यति कम चुनौतीपूर्ण काम छैन। उनी अहिले उपेन्द्र देबकोटाको अ’स्पतालमा काम गर्दै आइरहेकी छिन्।

उपेन्द्र देवकोटा जसको नाम लिनेबित्तिकै पनि धेरै जना बिरामीहरू निको भएको महसुस गर्दथे।त्यहाँको अस्पतालमा काम गर्न पाउँदा आफूलाई पनि ज्यादै खुसी लागेको उनी बता’उँछिन्।हस्पिटलमा एकदमै सपो’र्टिङ वातावरण छ र सबैजना फ्यामिलिअर हुनुहुन्छ त्यसै’कारण काम गर्नलाई सहज भएको कुरा उनी बताउँछिन्।

उनी भन्छिन्,”उपेन्द्र देवकोटासँग काम गर्न पाउनु नै मेरो लागि सबैभन्दा खु’सीको कुरा थियो । उहाँ अहिले हामीमाझ नभएपनी उहाँसँग भएका सम्पूर्ण मेमोरिहरू हामीमाझ छन् ।” हस्पिटल भरसक नजानु बरु घरमै उप’चार गरेर बस्नु भन्नेहरू धेरै छन् यसमा के भन्न चाहनुहुन्छ भन्ने प्र’श्नको जवाफमा उनी भन्छिन्,सामान्य अवस्था छ भने त घरमै बस्दा हुन्छ तर यदि गाह्रो भयो भने त जानुपर्ने ठाउँ अ’स्पताल नै हो । अस्पताल नै नगएर अन्त कहाँ जानू होला र, मलाई चाहिँ अस्पताल जाँदा त्यस्तो नराम्रो हुन्छ भन्ने लाग्दैन किनभने हामीले आ’जसम्म कसैलाई पनि नराम्रो गरेका छैनौं ।

तर कतिपय मानिसहरू प्राइभेट हस्पिटलमा उपचार गर्नको लागि फन्ड म्यानेज गर्न सक्नुहुन्न तसर्थ उहाँहरू सरकारी अस्पताल लै’जानुहुन्छ । त्यहाँ यति राम्रो सेवा नभएको त हामी सबैले मनन गरेका पनि छौँ तर हामी सबैको बाध्यता यही छ। म त भन्छु अ’स्पताल प्रशासनहरूलाई धेरैफन्डहरू आइरहेको पनि हुन्छ बरु त्यहाँबाट डाक्टर तथा नर्स’हरूलाई नदिनुहोला र त्यो पैसा सबै बि’रामीको उपचार खर्च गरिदिनु होला।

उहाँ अ’स्पतालमा उपचार गर्न आउनुभएको बिरामीहरूको सम्झना गर्दै भावुक भएर एकजना बिरामी जो आफ्नो कोभिड संक्र’मित आमालाई बचाउनको लागि सिलिन्डर लिन जाँदा भर्‍याङबाट लड्नुभएको थियो र त्यसपछि उहाँको त्यही सिलिन्डर लडेर ढाड भाँचिएको थियो।उहाँ उपचार गर्नलाई भनी आउनुभएको थियो तर कोभिडको कारणले उहाँको मृ’त्युु हुन पुग्यो। यो कुरा सम्झँदै आफूलाई सारै न’राम्रो फील भएको कुरा उनी बताउँछिन्।

त्यसैगरी कतिपय बिरामीहरूको मृ’त्यु भएर प्लास्टिकमा बेरेर हामीले लैजाँदै गर्दा हामी पनि प्लास्टिकको पिपिइ भित्र बेरिएका हुन्छौं। आफन्तले अन्तिम पटक हेर्न खोज्दा पनि हेर्न पाउनुहुन्न त्यसमा चाहिँ हामीलाई सारै दु:खित बनाउँछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार