२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ लुम्बिनी प्रदेशकी सांसद विमला वलीसँगको रोमान्टिक तस्बिर वाईसीएल कार्यकर्ता बस्नेतले फेसबुकमा राखेपछि…

लुम्बिनी प्रदेशकी सांसद विमला वलीसँगको रोमान्टिक तस्बिर वाईसीएल कार्यकर्ता बस्नेतले फेसबुकमा राखेपछि…

लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमाले र माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ । बस्नेत स्वयम्‌को फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो ।

तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् । विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ । तस्बिरले उनीहरूबीच विवाह भइसकेको चर्चालाई बल पुर्‍याएको छ ।

विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो ।

यसअघि बस्नेतसँगको घनिष्ट सम्बन्धकै कारण विमला माओवादीको सम्पर्कमा पुगेको र उनले ऋण तिर्न पैसा लिएको बताइएको थियो ।

वाईसीएल कार्यकर्ता बस्नेत भने उक्त तस्बिर कसरी आफ्नो फेसबुकमा देखियो भन्नेमा अनभिज्ञता दर्शाउँछन् । उनले भने, ‘यो तस्बिर कसरी मेरो फेसवुकमा पोस्ट भयो, मलाई नै थाहा छैन । यसबारेमा भेटेर कुरा गरौंला ।’

उनले आफूहरूबीच बिहे भएको वा नभएको बारे प्रष्ट बताउन चाहेनन् । वाईसीएल नेता बस्नेत पनि विवाहित हुन्  । उनको फेसवुक स्टोरीमा पोस्ट भएको तस्बिर अहिले हटाइएको छ ।

यस विषयमा सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आइनन् । हाम्रो पटक-पटकको प्रयास सफल हुन सकेन । नेपालप्रेसबाट

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार