गृहपृष्ठ नेपालमा आज शनिबार थप ३० जना संक्रमितले ज्यान गुमाउदा, आज थपिए यति संक्रमित
नेपालमा आज शनिबार थप ३० जना संक्रमितले ज्यान गुमाउदा, आज थपिए यति संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७५ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ७०३ पीसीआर र ५ हजार ३७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ पुगेको छ । कुल संक्रमितमध्ये ३९ हजार ३२१ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २ हजार ३८२ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ ।
उक्त अवधिमा ३० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ । हाल ३६ हजार १५ जना होम आइसोलेसन र ३ हजार ३०६ जना संस्थागत आइसोलेसनमा छन् । ४२३ जना क्वारेन्टाइन, ७१८ जना आइसीयू र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।





