२०८३ मंसिर १ गते सोमवार | November 16, 2026

गृहपृष्ठ नेपाललाई पाँचौ सफलता

नेपाललाई पाँचौ सफलता

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।

अमेरिकाविरुद्ध नेपाललाई पाँचौ विकेटको सफलता मिलेको छ ।

सुशन भारीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।

अमेरिकाका जसकरण मलोहत्रा ११ रनमा आउट भए ।

यसै अघि सन्दीप लामिछानेको बलिङमा नेपाललाई चौंथो सफलता मिलेको हो ।

अमेरिकाका नोस्तुश केन्जिगे १३ रनमा रन आउट भए ।

अमेरिकाले ५  विकेट गुमाएर १ सय ५५ रन जोडेको छ ।

यो पनि

नेपालले लियो तेस्रो विकेट

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार