गृहपृष्ठ पछिल्लो २४ घन्टामा नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, आज मंगलबार कति थपिए,कतिले ज्यान गुमाए ?
पछिल्लो २४ घन्टामा नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, आज मंगलबार कति थपिए,कतिले ज्यान गुमाए ?
काठमाडौं,५,असोज । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १ हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ६२६ जनाको पिअिसार परीक्षण गर्दा १ हजार ३६ र ३ हजार ९९६ जनाको एन्टीजेन परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर एक हजार ८३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । देशभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २० हजार १६४ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३६० संक्रमित छन् ।
त्यस्र्त ३३५ जना आइसियुमा र १०७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २५० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५५ हजार २४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।





