२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ नेपालमा आज शनिबार थप यति जनामा कोरोना संक्रमण हुँदा,थप यति जनाले गुमाए ज्यान

नेपालमा आज शनिबार थप यति जनामा कोरोना संक्रमण हुँदा,थप यति जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ८ हजार २१९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ५९८ जनाको पिअिसार परीक्षण गर्दा ६५९ र २ हजार ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार १२३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १७ हजार ६४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १६ हजार ३७१ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार २७१ संक्रमित छन् भने ३५० जना आइसियुमा र ११२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार