२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ कर्मचारीहरुमा कोभिड संक्रमण देखिएपछि यातायात कार्यालय बुटवल चार दिनका लागि बन्द

कर्मचारीहरुमा कोभिड संक्रमण देखिएपछि यातायात कार्यालय बुटवल चार दिनका लागि बन्द

बुटवल, ३ माघ।  यातायात व्यवस्था कार्यालय सवारी रुपन्देही चार दिनको लागि बन्द हुने भएको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोभिड संक्रमण भएको र अधिकांशमा कोरानासँग सम्बन्धित लक्षणहरु देखिएको भन्दै भोलि मंगलबारदेखि ७ माघसम्मका लागि कार्यालय बन्द गरिएको हो ।

कोरोनाको जोखिम बढेपछि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा माघ ७ गतेसम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिए ।

७ माघसम्मका लागि सबै प्रकारका सवारीको नामसारी कार्य रोकिएको र अत्यावश्यक सेवाहरु आंशिक मात्र सञ्चालन हुने गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार