२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा लोकनाथ पन्थी

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा लोकनाथ पन्थी

बुटवल । भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको पाँचौ साधारण सभा तथा अधिवेशन सम्पन्न सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले लोकनाथ पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा साबित्र देवी पन्थी द्धतिय उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे, तृतिय उपाध्यक्षमा बिष्णु हरी पन्थी, सचिबमा भोजराज घर्ति, सह-सचिबमा पदम जिसी, कोषाध्यक्षमा प्रकाश पन्थी, सह-कोषाध्यक्षमा नित्यानन्द पन्थी रहेका छन त्यस्तै सदस्यहरुमा मिन प्रसाद पौडेल, पिताम्बर पन्थी, सुनिल घर्ति, मिन प्रसाद पन्थी, चिन्तामणी पन्थी, भुवन पन्थी, कमला केसी, जमुना पौडेल, जगत चन्द र गोपाल भण्डारी चयन भएको भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देही सल्लाहकार बुद्धि पराजुलीले बताए ।

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको साधारण सभासंगै वनभोज कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भनभनेबाट रुपन्देहीमा रहेर विभिन्न्न पेशा, व्यवसाय तथा अध्ययन अध्यापन गर्नुहुने धेरै जनाको उपस्थती रहेको उक्त कार्यक्रमको संचालन संस्थाका सल्लाहकार बुद्धि पराजुलीले गर्नुभएको थियो ।

२०७२ सालमा स्थापना गरिएकाे भनभने सम्पर्क समाज रूपन्देहीकाे आज सुसम्पन्न पाँचाै साधारणसभा एवम् तेस्राे अधिवेशनसम्म आइपुग्दा धेरै प्रकारका आराेह अवराेहका बावजुद अनेक अवसरकाे सदुपयाेग गर्दैगर्दा त्याे विरूवा/फुलका नयाँ मालीहरू जाेस, जाँगर र हिम्मतका साथ सर्वसम्त चयन हुनुभएकाेमा सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार