२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ ७ बुँदे प्रतिबद्धता जाहेर गर्दै तिलोत्तमा नगरपालिकामा युवामैत्री स्थानीय शासन क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

७ बुँदे प्रतिबद्धता जाहेर गर्दै तिलोत्तमा नगरपालिकामा युवामैत्री स्थानीय शासन क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

तिलोत्तमा, १९ असार । युवाहरु परिवर्तनका संवाहक र वर्तमानका साझेदार हुन् । राष्ट्रिय युवानीतिले १६ देखि ४० बर्ष उमेर समुहका नागरिकहरुलाई युवाको परिभाषामा समेटेको छ । युवाहरु उर्जावान, सक्षम र सृजनशिल उमेर समुहमा रहेका छन् ।राष्ट्रको समग्र विकास, परिवर्तन र प्रगतिमायुवाहरुको सकारात्मक र रचनात्मक योगदान रहेको छ, रहन्छ र रहनुपर्दछ भन्ने विषयलाई आत्मसात गर्दै बालमैत्री, लैङ्गिकमैत्री, पोषणमैत्रीअभियानसँगसँगै युवामैत्री अभियान सुरु भएको छ ।

नेपालले जाहेर गरेका अन्तरराष्ट्रिय प्रतिवद्धताहरु, दिगो विकासका लक्ष्यहरु (२०१६-२०३०), नेपालको संविधान, पन्ध्रौ योजना, राष्ट्रिय युवानीति २०७२, राष्ट्रिय युवा परिषद् ऐन २०७२, राष्ट्रिय युवा परिषद् नियमावली २०७३, युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना लगायतका विभिन्न प्रतिवद्धता र दस्तावेजहरुमा युवा अधिकार र उनीहरुको समग्र विकासका विभिन्न प्रतिवद्धताहरु व्यक्त गरिएका छन् । यसरी युवाको समग्र विकासको लागि उनीहरुको अर्थपुर्ण सहभागिताका साथ राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रतिविम्वित भएका प्रतिवद्धता तथा व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको कार्यान्वयनगर्दै युवामैत्री स्थानीय शासन (Youth Friendly Local Governance-YFLG) को अवलम्वन र कार्यान्वयन आवश्यक छ ।

युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीयतहदेखि नैयुवाका सवालहरुशासन प्रणालीमा जोड्दै, उनीहरुको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा संचालन गरिने शासन प्रणाली युवामैत्री स्थानीय शासन हो । यसको लक्ष्य नेपालको संविधानमा रहेका मौलिक हकहरु तथा विभिन्न कानुनी व्यवस्थाहरु र युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजनाका पाँच स्तम्भहरु गुणस्तरिय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशिलता र सिपविकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा खेलकुद र मनोरंजन शिर्षकहरु अन्तर्गत तय गरिएका लक्ष्यहरुको प्राप्ति गर्दै देशैभरीका स्थानीय तहहरुलाई युवामैत्री स्थानीय शासनका रुपमा विकास गर्ने रहेको छ । यस अवधारणामा ७ रणनीति, ४६ कार्यनीति, ४५ सुचकहरु र अवलम्वन, कार्यान्वय र घोषणाका लागि ४ चरणहरु प्रस्ताव गरिएको छ ।

स्थानीय आवश्यकता अनुसार रणनीति, कार्यनीति, सुचक र चरणहरुको स्थानीयकरण गर्न सकिन्छ । देशका ७५३ वटै स्थानीय तहहरुमा युवामैत्री स्थानीय शासनलाई अवलम्वन, कार्यान्वयन र घोषणाले नीति, निर्माण र कार्यान्वयनमा युवाहरुको अर्थपुर्ण सहभागिता, नेतृत्वविकास, विशेष वर्ग , यौनीकतथा लैङ्गिक अल्पसङख्यक तथा अन्य सिमान्तकृत समुदायका युवाहरुका सवालहरुको प्राथमिकता लगायतका युवासँग सम्वन्धित साझा सवालहरुको युवाहरुकै नेतृत्वको साथ सम्वोधन गर्न सहयोग पुग्दछ । यस अभियानको दिगोपनाका लागि संघ तथा प्रदेशबाट ससर्त र निशर्त बजेटको सुनिश्चितता, सबै स्थानीय तहहरुको वार्षिक नीति, कार्यक्रम र बजेटमा व्यवस्था र विकासका साझेदार, गैरसरकारी संस्था र सरोकारवालाहरुबाट समन्वय र सहकार्यता हुनु आवश्यक छ।

युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै तिलोत्तमा नगरपालिकाको संयोजन, राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालले संयुक्त प्रयासमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी भईरहेको छ । यस अन्तर्गत विभिन्न्न सरोकारवालाहरुको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन तालिम निर्देशिका तयार गरिएको छ। युवामैत्री स्थानीय शासनको प्रवद्र्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एक-एक स्थानीयतहको छनौट गरि सम्वन्धित स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी तथा युवाका प्रमुख सरोकारवालाहरुको लागि युवामैत्री स्थानीय शासनका सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रमको शुरुवात गरिएको छ।

यसै क्रममा २०७९ असार १७ देखि  १९ गतेसम्म तिलोत्तमा नगरपालिकाका युवा तथा सरोकारवालाहरुको सहभागीतामा ३ दिने युवामैत्री स्थानीय शासन सम्वन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीको अध्यक्षतामा, नगरप्रमुख रामकृष्ण खाँड प्रमुख आतिथ्यता र उप-प्रमुख जगेश्वरीदेवी चौधरी विशेष आतिथ्यतामा उद्घाटन गरिएको कार्यक्रममा वडा अध्यक्ष आस्मिन पौडेल, कार्यपालिका सदस्य तारा सुनार, वडा सदस्यहरु शोभाकुमारी राना, गोविन्द गुरुङ्ग, शिक्षा शाखाका भुपति ज्ञवाली, राष्ट्रिय युवा परिषद्का सदस्य बाबुराम बन्जाडे, प्रदेश युवा परिषद्का उपाध्यक्ष संजीब बस्याल, नागरिक समाजकाप्रतिनिधी, संचार, युवा संघ संस्था, अपाङ्गतातथा यौनिक लैङ्गिक अल्पसंख्यक अभियानका प्रतिनिधीहरु, बालक्लव, बाल क्लवका पुर्व सदस्य, बालमैत्री अभियानकर्मी, कृषक युवाउद्यमी, युवा स्वयंसेवक तथा युवामैत्री स्थानीय शासन अभियानकर्मीहरु गरि ३५ जनाको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण अधिवक्ता तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी विष्णु खत्री,राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तथा युवामैत्री स्थानीय शासन अभियानकर्मी तिलोत्तम पौडेल तथा संचारकर्मी सञ्जु पौडेलले गर्नुभएको थियो । कार्यक्रममा युएनडिपिबाट सुदिपअर्याल र युनिसेफका माधव वरालको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथि तथा सहभागीहरुले तिलोत्तमा नगरपालिकालाई युवामैत्री बनाउन योगदान गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रममा सहभागीता पछि एलेक्स पाण्डेले सबै क्षेत्र तह, विभेदमा परेका , अपाङ्गता भएका, यौनीक तथा लैङ्गिक अल्पसङख्यक , तथा सबै पृष्ठभुमिका युवाहरु समेटेर युवामैत्री पालिका बनाउन जोड् दिनुभएको थियो भने विवेक भण्डारीले पहिलो पटक युवामैत्रीको विषयमा सुन्न बुझ्न र सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै सक्दो योगदान गर्ने बताएका थिए ।

समापन समारोहमा क्षमता अभिवृद्धि कार्यक्रमका सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवाली र परिषद्का सदस्य तिलोत्तम पौडेलले प्रमाणपत्र वितरण गर्नुभएको थियो भने जीवन पाण्डे , चन्दा घिमिरे, इज्जत कँडेलले आफ्नो कुरा राख्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत जिवन ज्ञवालीले युवाहरुको प्रतिबद्धतामा नगरपालिका पनि सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा उपस्थित सहभागीहरुले तिलोत्तमा नगरपालिकालाई युवामैत्री स्थानीयतहका रुपमा अवलम्वन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्ययोजना तयार गर्दै सबै सहभागीहरुले आ-आफ्नो व्यक्तिगत र संस्थागत रुपमा योगदान पुर्याउदै युवामैत्री तिलोत्तमा नगरपालिकाका लागि यो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै यि प्रतिबद्धता कार्यन्वयनका लागि सबै सरोकारवालाबाट सहयोगको लागी अपेक्षा गरेको छन्  :

१. तिलोत्तमा नगरपालिकामा युवामैत्री स्थानीय शासनका ७ रणनीति, ४६ कार्यनीति, ४५ सुचकहरु को स्थानीयकरण गर्र्दै अवलम्वन, कार्यान्वय, घोषणा तथा दिगोपनाका ४ चरणहरुका आधारमा क्रमशः अघि बढ्ने ।

२. युवामैत्री स्थानीय शासनको अवलम्वनका लागि क्षमता विकास कार्यक्रमका सहभागीहरुको स्वयंसेवी योगदानमा आगामी २ महिना भित्र युवामैत्री स्थानीय शासनको अवलम्वन तथा कार्यान्वयनका लागि वर्तमान अवस्था विश्लेषण तथा आगामी ५ वर्षको मार्गदर्शन तयार गर्ने ।

३. युवामैत्री स्थानीय शासनको अवलम्वन र कार्यान्वयनका लागि नगरपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखा, कर्मचारी र बहु सरोकारवालाहरुसँग नियमित अन्तरक्रिया, छलफल र अभिमुखीकरणलाई निरन्तरता दिने तथा सबै प्रकारका हिंसा विरुद्धका अभियान, बालमैत्रीको दिगोपना, शुशासन, लैङ्गिकमैत्री, जलवायुमैत्री, विपद्मैत्री, समृद्धि र विकासमा स्वयमसेवी भई योगदान पुर्याउदै युवामैत्री अभियानलाई प्रबद्र्धन गर्ने ।

४. युवामैत्री स्थानीय शासनको अवलम्वन, कार्यान्वयन, घोषणा र दिगोपनाका लागि आवश्यक कार्यविधी तयार गरी सोको आधारमा आवश्यक संरचनाहरु निर्माण तथा स्रोतको निर्धारण गरी युवामैत्री स्थानीय शासनलाई अभियानका रुपमा अघि बढाउने ।

५. तिलोत्तमा नगरपालिकामा रहेका विभिन्न विषयगत, विकास र अभियानसँग सम्वन्धित संरचनाहरुमा युवाहरुको अर्थपुर्ण र समान सहभगिता प्रभावकारी बनाउन सामुहिक पहल गर्ने तथायुवाहरुको खेलकुद , स्वास्थ्य, शिक्षा, अनलाइन सुरक्षा , लागुपदार्थ दुव्र्यसनी, इत्यादी सवालहरुमा आ-आफ्नो ठाउँबाट सचेतना वृद्धि गर्ने ।

६. युवामैत्री स्थानीय शासनका लागि सिमान्तकृत , पिछडिएका, अपाङ्गताभएका, यौनीकतथा लैङ्गिक अल्पसङख्यकहरुलाई प्राथमिकताका साथ युवाका साझा सवालमा लगानी प्रवद्र्धन तथा युवा वयस्क बिच साझेदारी र अन्तर पुस्ता सम्वादलाई प्रवद्र्धन गर्ने ।

७. संघ, प्रदेश र स्थानीयतहमा रहेका युवासँग सम्वन्धित संरचनाहरु राष्ट्रिय युवा परिषद, प्रदेशयुवा परिषद, जिल्लायुवा परिषदलगायतसँग समन्वय र साझेदारी गर्ने तथा युवा विकास उद्यमशिलता रोजगार र अन्य अवसर सम्बन्धी सुचना, जानकारी, अनुभव आदन प्रदान गर्दै तिलोत्तमा नगरपालिकामा युवासँग सम्वन्धित आवश्यक संरचनाहरुको निर्माण गरी क्रियाशिल बनाउने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार