२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ ई-रिक्साको भौतिक अवस्थाको चेकजाँच बुटवलमा शुरु, भौतिक अवस्था ठिक नभए सञ्चालन गर्न नदिइने

ई-रिक्साको भौतिक अवस्थाको चेकजाँच बुटवलमा शुरु, भौतिक अवस्था ठिक नभए सञ्चालन गर्न नदिइने

बुटवल । बुटवल उप-महानगरले यस क्षेत्रमा सञ्चालनमा आएका ई-रिक्साहरुको भौतिक अवस्थाको चेकजाँच शुरु गरेको छ । चुनौति पूर्ण बन्दै गइरहेको ई-रिक्सा व्यवस्थापनमा बुटवल उप-महानगरले नयाँ कदम स्वरुप चेकजाँच शुरु गरेको हो । उप-महानगरले विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि -२०७६ अनुसार आइतबार देखी ई-रिक्सा सञ्चालन गर्न योग्य वा अयोग्य छुट्टाउँदै अनुगमन शुरु गरेको हो । बुटवल क्षेत्रमा सञ्चालन अनुमति लिएका र दर्ता भएका १०१८ ई-रिक्साको भौतिक अवस्था, चेसिस नम्बर, ई-रिक्सा चालकको लाईसेन्स लगायतका कुराहरूको अनुगमन शुरु गरिएको हो ।

ई-रिक्साको भौतिक अवस्थाको बारेमा चेकजाँचको उद्धाटन गर्दै नगर उप-प्रमुख साबित्रा देवी अर्यालले ईरिक्साको नवीकरण, बस्तु स्थिति, लाइसेन्स, बिमा, ब्याट्री, सञ्चालन अनुमति लगायतको चेकजाँच गरिने बताइन् । दर्ता भएका सम्पूणर्को चेकजाँच ५ दिनभित्र सक्नेगरि योजना रहेको बताइन् । बुटवल उप-महानगरपालिका प्रमुख खेलराज पाण्डेयले ई-रिक्सालाई पनि करको दायरा भित्र ल्याउने गरि काम भइरहेको बताए । उनले सबै ई- रिक्सामा लोकेसन ट्रयाकर चिप्स राखेर तत्कालको स्थान पत्ता लगाउने गरि काम गर्ने बताए । उनले कार्यविधिले १०१८ मात्र दर्ता गर्ने भनेपनि यसको मापदण्ड बढाएर १४४० पुर्याईएको बताउँदै यी रिक्सालाई दर्ता तथा नविकरण गर्ने र बाँकीलाई बिस्तारै व्यवस्थापन गर्ने समितिको निणर्य भएको बताए ।

ई-रिक्साको अुनगमन गरि चलाउन योग्य र अयोग्य छुट्टाइएको यातायात व्यवस्था कार्यालय अन्तरगत सवारी मेकानिकल इन्जिनियर बिजय अधिकारीले जानकारी दिए । उनले ई-रिक्साको भौतिक अवस्था तथा चेसिस नम्बर, अन्य सामाग्रीको पूर्ण सुरक्षित भए नभएको हेरेर सञ्चालन योग्य र अयोग्य छुट्टाइएको बताए । चेकजाँचमा ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, यातायात व्यवस्था कार्यालयका प्रतिनिधि, उप-महानगरका प्रतिनिधि, उपभोक्ता समुहका प्रतिनिधि लगायतको समुहको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार