२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ ट्राफिक प्रहरी कार्यालय नवलपरासीद्वारा पछिल्लो १५ महिनामा ३४ लाख ३७ हजार राजश्व संकलन

ट्राफिक प्रहरी कार्यालय नवलपरासीद्वारा पछिल्लो १५ महिनामा ३४ लाख ३७ हजार राजश्व संकलन

ज्ञानेश्वर सहानी । पश्चिम नवलपरासीको ट्राफिक प्रहरी कार्यालयले पछिल्लो १५ महिनामा ३४ लाख ३७ हजार राजश्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसार ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट ३४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।

यस्तै, चालु आर्थिक वर्षको ३ महिनामा मात्र ६० वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका ट्राफिक प्रहरी कार्यालय परासीको प्रहरी बरिष्ठ नायब निरीक्षक डम्बर गिरीले जानकारी दिनुभएको छ।

नवलपरासीको विभिन्न ठाउँहरु मा गत वर्षको ३ सय ८७ सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । जसमा ६ सय ५४ जना घाइते भएको छन् भने १ सय ८ जनाको सवारी दुर्घटना मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार