गृहपृष्ठ नारायणी नदीको घोलमा डुङ्गा प’ल्टिँ’दा तीन जनाको मृ’त्यु
नारायणी नदीको घोलमा डुङ्गा प’ल्टिँ’दा तीन जनाको मृ’त्यु
नवलपरासी । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृ’त्यु भएको छ । वनभोज खाएर फर्किदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दु’र्घ’टना भएको पश्चिम नवलपरासी प्र’ह’री प्रमुख ऋषिराम कँडेलले जानकारी दिए ।
उनका अनुसार डुङ्गा दु’र्घ’टना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृ’त्यु भएको थियो । डुङ्गामा सवार दुई जना नदीमा डुबेर घा’इते भएका छन् । घा’इते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन् । उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्र’ह’रीले जनाएको छ ।





