२०८३ असार ७ गते आइतवार | June 21, 2026

गृहपृष्ठ पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा

पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले पृथ्वी जयन्तीका अवसरमा भोलि (पुस २७) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (मंगलबार) सूचना जारी गरी पुस २७ गते सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

यही पुस २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबमोजिम भोलि सार्वजनिक बिदा दिइएको हो । पृथ्वी जयन्तीका अवसरमा भोलि बुधबार नेपाल राज्यभरका साथै विदेशस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयद्वारा जारी सूचना हेर्नुहोस् :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार