२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ १४औँ महाधिवेशन मतगणना: कांग्रेसको महामन्त्रीमा थापा र शर्माले अग्रता कायमै

१४औँ महाधिवेशन मतगणना: कांग्रेसको महामन्त्रीमा थापा र शर्माले अग्रता कायमै

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ९०० मत गन्दा थापाले ६२ प्रतिशतभन्दा बढी मत ल्याएका छन् । कांग्रेस निर्वाचन समितिका अनुसार थापाले ५५९ मत ल्याएका छन् भने विश्वप्रकाश ३५७ मत ल्याएर दोस्रो स्थानमा छन् ।

उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले ३०० मत ल्याएका छन् । यस्तै प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार