२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ नेपाली कांग्रेस बुटवल वडा नं. १६ नरेश्वर टोल इकाई समिती गठन

नेपाली कांग्रेस बुटवल वडा नं. १६ नरेश्वर टोल इकाई समिती गठन

सन्जु चालिसे, बुटवल । सोमबार बुटवल उपमहानगरपालिका वडा नं. १६ डहरगाउँ दुर्गा मन्दिरमा नेपाली कांग्रेसको नरेश्वर टोल इकाइ समिती गठन भएको छ । नेपाली कांग्रेस वाड नं. १६ का सभापति कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति घनश्याम चालिसे सहित क्षेत्रीय सचिव भवानी प्रसाद पौडेलको प्रमुख आथित्यतामा २३ सदस्य समितिको गठन भएको छ।

नेपाली कांग्रेस नरेश्वर टोल इकाई समिती बुटवल उप-महानगरपालिका वडा नं. १६ मा गणेश चालिसेको नेतृत्वमा २३ सदस्य समितीको गठन भएको छ। उपसभापतिमा ज्ञान कुमारी भट्टराई र घनश्याम चालिसे, सचिवमा दुधनाथ सुवेदी ,सह-सचिवमा दामोदर पौडेल र गणेश चौधरी यसैगरी सदस्यमा विस्नु माया पाध्याय, डोलि प्रसाद गौतम, अन्जु गौतम, सरस्वती चलिसे, राधा चालिसे, सचिन सापकोटा ,मिना चालिसे, अशोक चालिसे, गोमा खनाल चालिसे, सुजता चालिसे, गोमा चालिसे,विजय छेत्री , प्रभात चालिसे, सीता पौडेल , मनोज सुबेदी ,बाबुराम ढकाल, भक्त बहादुर थापा सहितको २३ जनाको टोल इकाई समिती गठन भएको छ ।

उक्त कार्यक्रममा बोल्दै क्षेत्रीय सचिव भवानी प्रसाद पौडेलले नेपाली कांग्रेसलाई आगामी बैशाखमा हुन लागेको चुनावमा पार्टीलाई विजयीसंगै अझै बलियो बनाउनेमा टोल इकाईको सबै भन्दा अधिक महत्त्व रहने र टोल इकाईका सम्पूर्ण सदस्यलाई योद्धाको रुपमा प्रस्तुत हुने कुरामा जोड दिनु भयो । आउदै गरेको चुनावमा कांग्रेसको जीत सुनिस्चित गर्न नरेश्वर टोल इकाईको अहम भुमिका रहने र जीतलाई सुनिस्चित गर्दै, जीतको अग्रिम शुभकामना दिनुभयो।

त्यसैगरी नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति घनश्याम चालिसेले नव निर्वाचित टोल इकाई समितीलाई शुभकामना दिदै आफ्नो शुभकामना मन्तव्य दिनुभयो । नेपाली कांग्रेस बुटवल उप-महानगरपालिका वडा नं. १६ का सभापति कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाली कांग्रेस बुटवल उप-महानगरपालिका वडा नं. १६ का सचिव दीपक चालिसेले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार