२०८३ साउन ३० गते शनिवार | August 15, 2026

गृहपृष्ठ नेकपा माओवादी परित्याग गरेका भण्डारी सहित २ सय जना एमालेमा प्रबेश

नेकपा माओवादी परित्याग गरेका भण्डारी सहित २ सय जना एमालेमा प्रबेश

भैरहवा, १८ बैशाख । नेकपा माओवादी पार्टी परित्याग गरेका सिद्धार्थनगर नगरपालिका वडा नं ९ का पुरन भण्डारी नेकपा एमालेमा प्रबेश गरेका छन् ।

नेकपा माओवादी पार्टीका पूर्व वडा अध्यक्ष भण्डारी २ सय भन्दा बढी माओवादीका कार्यक्रता सहित आइतबार बिहान नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमालेका जिल्ला जिल्ला उप सचिव हितराज पन्थीले बताए ।

नेकपा एमालेको विचार सिद्धान्तलाई अंगाल्ने प्रतिबद्धताका साथ भण्डारीले आफू एमालेमा प्रबेश गरेको बताए । पार्टी प्रबेश गरेपछि भण्डारी नेकपा एमालेका मेयरका उम्मेदवार डाक्टर राम प्रसाद बस्याल,उप मेयरका उम्मेदवार उमा अधिकारी, वडा नं ९ का वडा अध्यक्ष शेषकान्त भण्डारी सहित घर दैलोमा समेत हिँडेका थिए ।

पुरन भण्डारी गत स्थानिय निर्वाचनमा माओवादी पार्टीबाट वडा नम्बर ९ मा वडा अध्यक्षका उम्मेदवार थिए, उनले निर्वाचन दोस्रो मत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार