२०८३ साउन ३० गते शनिवार | August 15, 2026

गृहपृष्ठ मैनबत्ती कै शिखा झै उनी, बल्दै बल्दै पो गईन !

मैनबत्ती कै शिखा झै उनी, बल्दै बल्दै पो गईन !

कलम लिइकन हातमा , के लेख्न म सक्थेँ र!
सम्झना सुरलोकवासी जननीको , के छेक्न म सक्थेँ र!!

समाई पाउ मुसार्दा यसै, पोस मलाई मिल्दथ्यो कि!
पिठ्युँमै हुर्काइन उनले, थलमा कीटले पो चिल्द्थ्यो कि!!

मैले एकै गाँस मात्र के खाइदिए, आनन्द मिल्दथ्यो रे!
उताउलिएर बुर्कुसी मारे बुइगलमा, मौरीले चिल्द्थ्यो रे!!

मैनबत्ती कै शिखा झै उनी, बल्दै बल्दै पो गईन !
अकारण स्वजन परित्याग गरि, अलप पो उनी भईन्!!

छोरी बुहारी आमा सब बनिकन, सिद्धाश्रम प्रस्थान गरिन्!
नारी हुन जीवनदायनी लोक कि, सन्देश उनले छरिन्!!

नारी हुन् है दैवी शक्ति कि,नाश गर्दछिन दुष्ट को!
मान र मर्यादा राख्न सके उनको, रक्षा गर्दछिन इष्टको!!

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार