गृहपृष्ठ त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा तालिका प्रकाशित (तालिका सहित)
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा तालिका प्रकाशित (तालिका सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले महत्वपूर्ण सूचना प्रकाशित गरेको हो । त्रिविले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (बी.एस.सी. सीएसआइटी) विषय प्रथम वर्ष दोश्रो शत्र–२०७७ समुहको परीक्षा तालिका सम्बन्धी सूचना जारी गरिएको हो ।
त्रिविले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुद्धारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७९ सालमा सञ्चालन गरिने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि विषय प्रथम वर्ष (बी.एस.सी. सीएसआइटी) दोश्रो शत्र–२०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षा निम्न लिखित परीक्षा तालिका अनुसार सञ्चालन हुन भएकोले सम्बन्धित सबेको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’






