गृहपृष्ठ जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले थाले पार्टी पुनर्गठनको तयारी
जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले थाले पार्टी पुनर्गठनको तयारी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवले आफूसहित नौं नेतालाई गरेको कारबाहीको भत्र्सना गर्दै पार्टी पुनर्गठनका लागि आह्वान गरेका छन् । शुक्रबार राति विज्ञप्ति जारी गरी अध्यक्ष यादवले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूसहित नौं जनालाई पदबाट हटाएको आरोप लगाएका हुन् ।
आन्तरिक विवाद केन्द्रीय समितिका बैठक नै अलग अलग बस्ने अवस्थामा पुगेकाले अब पार्टी पुनर्गठनको विकल्प नरहेको उनले उल्लेख गरेका छन् । त्यसका लागि तयार रहन उनले पार्टीका नेता-कार्यकर्तालाई अपिल गरेका छन् । ‘अब हाम्रोसामु पार्टी पुनर्गठनको विकल्प रहेन’, भट्टराईले भनेका छन्, ‘पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनुभएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेता कार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौं ।’
बिज्ञप्ति





