२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ नेकपा माओवादीसँग चुनावअघि एकता सम्भव छैन : नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाल

नेकपा माओवादीसँग चुनावअघि एकता सम्भव छैन : नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपाल

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसँग चुनावअघि एकता सम्भव नभएको बताएका छन् ।आगामी आम निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादी आ-आफ्नो चुनाव चिन्ह लिएर सहभागी हुने उनले बताए । आज (मंगलबार) संसद बैठकबाट बाहिरिँदै सञ्चारकर्मीसँगको कुराकानीका क्रममा नेपालले सो कुरा बताएका हुन् ।

‘अहिले नेकपा माओवादी केन्द्रसँग प्रारम्भिक कुराकानी चलेको छ । एकताको कुरा चुनावअघि सम्भव छैन् । आ-आफ्नो पार्टी चुनाव चिन्हको आधारमा चुनाव लडिन्छ,’ उनले भने ,‘तर, पाँच दलीय गठबन्धनलाई आधार बनाएर अघि बढिन्छ ।’ अहिले आफूहरु चुनावलाई केन्द्रविन्दुमा राखेर हिँडेको नेपालले बताए । ‘हामीले चुनावलाई केन्द्रविन्दुमा राखेका छौं । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर जानुपर्छ भनेका छौं । त्यसका लागि हामीले विभिन्न राजनीतिक दलसँग कुरा गर्छौं,’ नेपालले भने । माओवादीसँग एकताका लागि एकता संयोजन समिति बनाउने कुरा सोचिरहेको पनि नेपालले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार