२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ शासक हैन म जनताकाे सेवक भएर काम गर्न चहान्छु : नेता बासुदेव घिमिरे

शासक हैन म जनताकाे सेवक भएर काम गर्न चहान्छु : नेता बासुदेव घिमिरे

रूपन्देही । तिलाेत्तमा नगरपालिकाका पुर्व मेयर नेकपा एमालेका नेता तथा क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले आफू शासक हैन कि जनताकाे सेवक भएर काम गर्न चहेकाे बताउनु भएकाे छ । कञ्चन गाउँपालिकामा आयाेजित चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले साे कुरा बताउनु भएकाे हाे ।

म जनताकाे सेवक भएर काम गर्न चहान्छु मलाई विश्वस गर्नुस्, तपाईकाे मत मलाई दिनुस्, म तपाईहरूकाे शिर निहुरिन दिने छैन, म ईमानदार भएर विकासका काम गर्छु, समृद्धि हाम्रै पालामा हुन्छ ।´ उहाँले भन्नू भयाे । यहाँकाे मुद्दा, विकासका काम लाई सुचिवद्ध गरि समग्र क्षेत्र नं. ५ काे विकास गरिने उहाँकाे भनाइ छ ।

अव्यवस्थित, भूमिहिन,सुकुम्बासी समस्यकाे समाधान चुनाव पछि एमालेकाे सरकारले गर्ने उहाँकाे भनाई छ । भाैतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन,खानेपानि, सिंचाई लगाएतका कार्यकाे विकास देखिने गरि गरिएकाे र अझ सुधारका लागि याेजनाबद्ध तरिकाले गरिने बताउनु भयाे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार