२०८३ असार ९ गते मंगलवार | June 23, 2026

गृहपृष्ठ बिनोद चौधरीलाई विजय गराउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको आव्हान

बिनोद चौधरीलाई विजय गराउन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको आव्हान

नवलपरासी । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र नं. १ का उम्मेदवार बिनोद चौधरीको विजय सुनिश्चित बनाउन पार्टीका सम्पुर्ण सदस्यहरु चुनावी मैदानमा उत्रिन आह्वान गर्नुभएको छ । आज नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजीत पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले यस्तो बताउनुभएको हो ।

कांग्रेसका युवा नेता समेत रहनुभएका खनालले आजसम्म पार्टी भित्र केही समस्या रहेको भएपनि अब सबै समस्या समाधान भएकोले नेपाली कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । खनालले सो अवसरमा “विनोद चौधरी पार्टीको उम्मेद्वार हो पार्टीको उम्मेदवारलाई विजय गराउनु हाम्रो कर्तव्य हो ।

कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता र सरावल गाउंपालिका अन्तर्गतका अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यस अघी बिक्रम समुहले चौधरीलाई सहयोग नगर्ने आशंकाका बिच खनाल खुलेर चौधरीलाई सहयोग गर्न लागेपछि आम कार्यकर्तामा उत्साह देखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार