२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ काठमाडौँ जिल्ला अदालतद्वारा बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्न अदालतको आदेश

काठमाडौँ जिल्ला अदालतद्वारा बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

त्यसैगरी अदालतले यसै प्रकरणमा मुछिएका लक्ष्मी महर्जन र टंक गुरुङलाई भने धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले मर्हजनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार