२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ स्वास्थकर्मिमा देशको एउटा ठुलो अभिभावक गुमाए : मन्त्री जितेन्द्र सोनल

स्वास्थकर्मिमा देशको एउटा ठुलो अभिभावक गुमाए : मन्त्री जितेन्द्र सोनल

सप्तऋषि अस्पतालका संचालक स्वर्गीय डा.पशुपति चौधरीको १३ औं दिनको पुन्य तिथिमा बिहिवार श्रद्धान्जली सभा सम्पन्न भएको छ । स्वर्गीय डाक्टर चौघरीको निवासमा उक्त कार्यक्रम सम्पन्न भएको हो । चौधरीको श्रद्धान्जली दिन केन्द्रिय मंन्त्री र प्रदेश मंन्त्रीहरुको भिड लागेको थियोे । डा. चौधरीको लहान स्थित कार्तिक ९ गते ६७ बर्षको उमेरमा लहानको निवासमा सोर्गारोहन भएको थियो।

श्रद्धाञ्जली सभामा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल,भुमि व्यवस्था कृषि तथा सहकारी मंन्त्री सैलेन्द्र प्रसाद साह,आर्थिक मामिला तथा योजना मंन्त्री विजय यादब,उधोग प्रर्यटन वन तथा बाताबरण राज्य मन्त्री सुरेश कुमार मण्डल लगायतका हजारौं राजनीति कार्यकर्ताहरुको सहभागिता रहेको थियो । श्रद्धाञ्जली सभालाई शान्ति सभाको रूपमा मनाउनु पर्छ मन्त्री सैलेन्द्र साह बताएका थिए। अर्का मन्त्री जितेन्द्र सोनल भन्छन स्वास्थकर्मिमा देशको एउटा ठुलो  अभिभावक गुमाएको  महसुस  भएको बताए। राज्य मंन्त्री सुरेश मंण्डलका अनुसार स्वर्गीय डा.चौधरीले भौतिक शरीर मात्र छोडेर गए पनि उनले गरेको काम बर्सौ बर्ष सम्म जिवित रहिरहने उनले बताए । कार्यक्रममा सहभागी मन्त्रीहरुले स्वर्गीय डा. चौधरीको तस्बिरमा फुल माला र अबिर अर्पण गरी श्रद्धाञ्जली दिएका थिए ।

चौधरीको अन्तिम अन्तेष्टी लहानको बलान खोलामा हिन्दु परम्परा अनुसार गरिएको थियो ।स्वर्गीय डा.चौधरी बिगत ११ महिना देखि पित थैलिको क्यान्सर बाट पीडित थिए। चौधरीको जन्म सप्तरी जिल्लाको पथरगाडा गाबिस वडा नम्बर १ मा जन्म भएका थिए। चौधरी लाई एक छोरा र एक छोरी छिन । चौधरीको पार्थि शरीरमा जनता समाज बादी पार्टीको झणडा ओढाएर अन्तिम दाह संसकार गरेका थिए। अन्तिम संस्कारमा दुई मंन्त्रीको सहभागी रहेको थियो। पछीलो समय चौधरीले मधेस आन्दोलनको बेला राजनीतिमा सक्रिय थियो। चौधरीले गरेको काम सिरहामा नमुनाको रूपमा रहेको डाक्टर सुभाष शाहले बताए । चौधरीलाई  श्रद्धाञ्जली दिन हजारौं ब्यक्तीहरुको सहभागिता रहेको थियो। बुबाको सोकमा डुबेका डा. सुभाष साहले श्रद्धाञ्जली सभासंगै खानाको समेत ब्यवस्था गरेको थियोे ।

कार्यक्रममा युवा नेता राम चलितर महतो, लहान नगरपालिका ३ का अध्यक्ष राम दयाँल महतो ,दिनेश महतो,पार्टीका केन्द्रिय सदस्य राकेश झा , केन्द्रिय सदस्य बिजय सिंह दनुवार , शत्रु धन मंडल, ललित नारायण महतो ,ओपेन्द्र सिंह ,हरिनारायण मंण्डल, मोहमद आलम अन्सारी ,राम उदगार महतो ,युवा नेता दिपेश यादव , सन्तोष यादव ,चन्द्र शेखर यादव ,राजा राम महतो,फनिलाल महतो , एमाले नेता रामनारायण महतो , काङ्ग्रेस नेता तथा समाजशेबी  महेश चौधरी, लहान अस्पतालका  भुपु अध्यक्ष फुलेश्वर महतो,श्रेया पोलिकिल्निक तथा उतिमलाल मेमोरियल होस्पिटलकी संचालिका डा.सुशीला सिंह ,लहान अस्पतालका भुपु मेसु डा.मिश्रिलाल साहु ,लिला मदन प्रसुति गृहका संचालक डा.दिलिप कुमार साह ,डा.रितेश गिरी ,डा.दिपेन्द्र यादव , डा. बिरेन्द्र यादव लगायत स्वास्थकर्मिहरुको उक्त सभामा सहभगिता रहेको थियो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत बहादुर क्षेत्री थापा लगायतका सुरक्षाकर्मिहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार