२०८३ असार १३ गते शनिवार | June 27, 2026

गृहपृष्ठ प्रथम लाफा इन्टर फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी फुटसललाई

प्रथम लाफा इन्टर फुटसल प्रतियोगिताको उपाधि लुम्बिनी फुटसललाई

रुपन्देहीमा सम्पन्न फष्ट लाफा ईन्टर रुपन्देही फुटसल प्रतियोगिता २०७७ को उपाधि लुम्बिनी फुटसलले हात पारेको छ । लाफा समुहको आयोजनामा योगिकुटीस्थित लुम्बिनी फुटसल एरिनामा शुक्रबार भएको फाईनल खेलमा चपरहट्टी एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

उपाधिसंगै उसले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चपरहट्टी नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । लुम्बिनीको जितमा रेशम चौहान र निरज थापाले गोल गरेका थिए । चपरहट्टीका अनुप गुरुङले सान्त्वना गोल गरेका थिए । प्रतियोगितामा लुम्बिनीका कुशल गुरुङ सर्वोत्कृष्ट खेलाडी, लुम्बिनीकै उत्कृष्ट गोलकिपर अमन पुन, लुम्बिनीकै रेशम चौहान ९ गोल गर्दै सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।

एक समारोहका बिच रुपन्देही फुटसल संघका अध्यक्ष राजु पुन, फुटबल प्रशिक्षक याम गुरुङ, लाफाका सल्लाहकार केशव राना, खेल संयोजक प्रविन थापा दर्लामी, संयोजक वारिस रानाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । फुटसल खेलमा नेपालको पछिल्लोसमय राम्रो प्रदर्शनसंगै उमेर समुहका खेलाडी उत्पादनमा अग्रसर रहेको रुपन्देही फुटसल संघका अध्यक्ष राजु पुनले बताए । स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका लाफा समुहले वार्षिक क्यालेण्डर अनुसार खेलकुद गतिविधिसंगै सामाजिक कार्य गर्दै आएको छ । जिल्लाका करीब १८ टिम सहभागी रहेको थियो ।

 पत्रकार श्रेष्ठ सम्मानित …

खेलकुद क्षेत्रको विकासमा पत्रकारिताबाट योगदान पुर्याएवापत पत्रकार स्वस्तिक श्रेष्ठ, रुपन्देहीको फुटवल खेलको विकास र युवा खेलाडी उत्पादन गरेका प्रशिक्षक याम गुुरुङलाई लाफा समुहले सम्मान गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार