गृहपृष्ठ २ जनालाई ११ कित्ता पर्यो ग्रीन लाइफको IPO , तपाईंलाई कति पर्यो यहाँ बाट हेर्नुहोस।
२ जनालाई ११ कित्ता पर्यो ग्रीन लाइफको IPO , तपाईंलाई कति पर्यो यहाँ बाट हेर्नुहोस।
ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ आज बाडफाड भएको छ । बिक्रि प्रबंदकले आज बिहान ९:३० मा गोलाप्रथा बाट बाडफाड सम्पन्न गरेको हो। भाग्यमानी २ जनाले ११ कित्ताका दरले आइपियो पार्न सफल भएका छन्। उक्त साधारण शेयरको मंगलबार प्रि-अलटमेन्ट सम्पन्न भएको थियो ।
कम्पनीले ३ महिना भित्र बिजुली उत्पादन गरेर प्रसारण लाइनमा जोड्ने तयारि रहेको बताएको छ। दोस्रो वर्षबाट लगानीकर्तालाई कम्पनीले नाफा साझा गर्ने बताएको छ। बिकट ठाउमा भएको हुदा समय लागेको , २५ मेगावाटको बिजुली निस्कासनको कार्य सम्पन्न हुन लागेको र १५ मेगावाटको परिआयोजना सुरु हुन लागेको बताएका छन्।
कम्पनीको आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन परेको थियो ।





