२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ विभिन्न देशसँग तय भएको सिरिजहरु तथा सम्पूर्ण क्रिकेट गतिविधि बन्द

विभिन्न देशसँग तय भएको सिरिजहरु तथा सम्पूर्ण क्रिकेट गतिविधि बन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ ।

क्यानले शुक्रबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाईएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिन सुरु भएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार