२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ टेस्ट च्याम्पियनसिप-विजेताले १.६ मिलियन पाउने

टेस्ट च्याम्पियनसिप-विजेताले १.६ मिलियन पाउने

एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार टेस्ट च्याम्पियनसिपको विजेताले पाउने पुरस्कारको घोषणा गरेको हो ।

यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २.४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।

टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने छन् ।

साउथह्याम्पटनमा हुने फाइनल जुन १८ देखि २२ सम्म हुने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार