२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ सन्दीप र रोहित चम्किदा नेपालको बिसाल जित

सन्दीप र रोहित चम्किदा नेपालको बिसाल जित

नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दुई खेलको  एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले सिरिज २-० ले आफ्नो बनाएको हो ।

यस अघि पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटको जित निकालेको थियो ।

नेपालले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए ।

नेपाली बलर चम्किएको खेलमा पीएनजीका चार्लेस अमिनीले १६, नोर्मन भानुवाले १२ तथा सेसे बाउले ११ रन बनाए ।

गौडी टोका १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । लेग स्पिनर सन्दीपले मात्र ११ रन खर्चिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार