गृहपृष्ठ नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा मनायो संविधान दिवस
नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा मनायो संविधान दिवस
नेपाली राष्ट्रिय क्रिकेट टिमले संविधान दिवस मनाएको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गत ओमानमा एक दिवसीय सिरिज खेल्न गएको नेपाली टिमले त्यही संविधान दिवस मनाएको हो ।
संविधान दिवसका अवसरमा ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकाल, ओमान क्रिकेट संघका प्रमुख पंकज खिमजी र उप कप्तान दीपेन्द्र सिंह ऐरीले केक काटेका थिए ।
नेपाल कप्तान ज्ञानेन्द्र मल्लको बुबा स्वर्गारोहण भएको एक वर्ष नपुगेका कारण उनी सहभागि भए पनि केक भने काटेनन् ।
केकमा नेपाल र ओमानको झण्डा बनाइएको थियो । ओमानका लागि नेपालका राजदुत शर्मिला पराजुली ढकालले नेपाली टोलीलाई संविधान दिवसको शुभकामना दिनुका साथै आजको खेलमा जितका लागि शुभकामना दिएकी थिइन् ।
कार्यक्रममा ओमान क्रिकेट संघका प्रमुख पंकज खिम्जीबाहेक ओमान क्रिकेट संघका उच्च पदाधिकारी, अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) का पदाधिकारी र ओमान क्रिकेट टिमका खेलाडीहरुको उपस्थिति थियो ।
संविधान दिवसको अवसरमा शनिबार साझ नेपालको राजदूतावास परिसरमा दीप प्रज्वलन गरिएको थियो ।
आजै बिहान राजदुतावासमा रातदुत शर्मिला पराजुली ढकालले नेपालको झन्डा झन्डोत्तोलन गरेकी थिइन् । त्यस्तै नेपाल र ओमानबीचको खेल हेर्न क्रिकेट मैदान आइपुगेका दर्शकलाई लन्च बक्स वितरण गरिएको थियो ।
संविधान दिवसको दिन यसअघि अझ भव्य कार्यक्रम हुने भए पनि यसपटक कोभिड–१९ प्रोटोकलका कारण ठुलो कार्यक्रम गर्न नसकिएको नेपाली अधिकारीले बताए ।





