२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ पीएसजीको जित

पीएसजीको जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  फ्रेन्च लिग वानमा पुनरागमन जित निकालेको छ । शुक्रबारको खेलमा पीएजजीले साविकको विजेता लिलमाथि १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ को पूनरागमन जित निकालेको हो ।पीएसजीको जितमा अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट उपलब्ध गराए  । मार्किन्हसले एक गोल गरे ।

पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जित निकाल्न सफल भएको हो । खेलको ३१ मिनेटमा लिलका जोनाथन डेभिडले गोल गर्दै भ्रमणमा रहेकाे लिललाई अग्रता दिलाए । दोस्रो हाफमा डि मारियाको पासमा ७४ मिनेटमा मार्किन्हसले बराबरी गोल गरे ।

खेल सकिन २ मिनेट अघि नेयमारको पासमा डि मारियाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए । खेलमा स्टार खेलाडी लिओनल मेस्सी, नेयमार  गोल बिहिन रहे । जितपछि शीर्ष स्थानमा रहेको पीएसजीको १२ खेलबाट ३१ अंक पुगेको छ । पराजित लिल १५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार