गृहपृष्ठ न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियालाई टी-२० विश्वकप उपाधि,कसले कति रकम पाए ? हेर्नुहोस्
न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियालाई टी-२० विश्वकप उपाधि,कसले कति रकम पाए ? हेर्नुहोस्
एजेन्सी । न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलिया पहिलो पटक टी-२० विश्व च्याम्पियन भएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार राति सम्पन्न फाइनलमा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले मात्र २ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो ।
यसपटक टी-२० विश्वकप विजेता र अन्य पुरस्कारमा आईसीसीले ५६ लाख डलर पुरस्कार राशि राखेको थियो । अस्ट्रेलियाले पहिलो पटक टी-२० विश्वकप जितेको अस्ट्रेलियाले उपाधिसहित १७ लाख ६० हजार डलर पुरस्कार रकम हात पार्यो ।
यस्तै पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको उपविजेता न्युजिल्यान्डले ९ लाख ६० हजार डलर हात पार्यो । प्रतियोगिताको सेमिफाइनलबाट बाहिरीएको पाकिस्तानले ६ लाख डलर र इंग्ल्यान्डले ५ लाख ६० हजार डलर पाए ।
यस्तै सुपर-१२ चरणबाट बाहिर भएका ८ वटा टोलीले समान ७०-७० हजार डलर पाए । यस बाहेक सुपर-१२ चरणमा एउटा जितको लागि हरेक टिमले समान ४०-४० हजार डलर पुरस्कार थप पाए । यस्तै समूह चरणमा प्रत्येक खेलको जितको लागि टिमहरुले प्रति खेल ४०-४० हजार डलर र बाहिरिँदा ४०-४० हजार डलर पुरस्कार पाएका थिए ।





