२०८३ वैशाख १७ गते बिहीवार | April 30, 2026

गृहपृष्ठ फ्रेन्ड्सको खराब प्रदर्शन जारी, एनआरटीको दोस्रो जित

फ्रेन्ड्सको खराब प्रदर्शन जारी, एनआरटीको दोस्रो जित

काठमाडौं, १६ पुस।  सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार फ्रेन्डस क्लब  न्युरोड टिम (एनआरटी) सँग ३-२ अन्तरले पराजित हुँदा आफ्नो खराब प्रदर्शनलाई निरन्तर दिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सातौं चरणको दोस्रो खेलमा एनआरटीको जितमा मेसुके ओलोमोउले दुई तथा स्टेफिन बिनोङले एक गोल गरेपछि एन आर टिले  दोस्रो जित निकाल्यो । फ्रेन्ड्सका जामोल फ्रांकोइस र नाथनियल गार्सियाले समान एक गोल गरे ।

पाँचौं मिनेटमा स्टेफिन विनोङको गोलमा एनआरटीले अग्रता लिएको थियो । विनोङले नवीन गुरुङको पासलाई पोस्टको दिशा दिएका थिए ।

२०औं मिनेटमा मेसुके ओलोमोउले नवीनको पासलाई जाली चुमाउँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।

खेलको ८१ मिनेटमा सकल रेग्मीको पासमा जामोउल फ्रान्कोइनले हेड गोल गर्दै अग्रता २-१ मा झारे ।

खेलको इन्जुरी समयमा मेसुकेले दोस्रो गोल गरे । कृतिश रत्न छुन्जुले मिलाएको पासलाई मेसुकेले पेनाल्टी एरियाबाट सहज गोल गर्दै ३-१ को स्थिति ल्याए ।

इन्जुरी समयमा फ्रेन्ड्सले गोल फर्काए पनि बराबरको लागि पर्याप्त रहेन । खेलमा दुवै टोलीले केही अवसर बनाए ।

२५औं मिनेटमा नाथनियल जुड गार्सियाको फ्रिकिक बारमा लागेर फर्कँदा फ्रेन्डसले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

खेल सकिन नौ मिनेट बाँकी हुँदा जामोल फ्रांकोइसले बललाई पोस्टको दिशा दिए पनि सो गोल फ्रेन्डसलाई खेलमा फर्काउन पर्याप्त भएन ।

यसअघि ४१औं मिनेटमा विनोङको प्रहारमा बार बाधक बन्दा एनआरटीले अग्रता बढाउने अवसर गुमाएको थियो ।

एनआरटी पछिल्लो खेलमा एपिएफसँग ३–३ को बराबरीमा रोकिएको थियो भने फ्रेन्डस नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

सात खेलमा १० अंक जोडेको एनआरटी पाँचौं स्थानमा उक्लिएको हो । समान खेलमा मात्र तीन अंक जोडेको फ्रेन्डस भने अन्तिम स्थानमा छ ।

आजै भएको अर्को खेलमा आर्मी र एपीएफ १-१ को बराबरी खेलेर अंक बाडेका छन् ।

लिग अन्तर्गत शनिबार तीन खेल हुनेछ । पहिलो खेलमा जावलाखेल यूथ क्लब र थ्री स्टार तथा दोस्रो खेलमा च्यासल यूथ क्लब  र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पोखरामा मनाङ मर्स्याङ्दी क्लब र ब्रीगेड ब्वाइज भिड्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार