२०८३ भदौ १ गते सोमवार | August 17, 2026

गृहपृष्ठ नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इतिहास रच्दै गरे इन्डियन सुपर लिगमा डेब्यु

नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इतिहास रच्दै गरे इन्डियन सुपर लिगमा डेब्यु

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल)मा एससी इस्ट बंगालबाट डेब्यु गरेका छन् । तर, इस्ट बंगाल बेङ्गलुरुसँग १-० ले पराजित भएको हो ।

गोवास्थित तिलक मैदान रंगशालामा जारी बेङ्गलुरु एफसीविरुद्ध पहिलो रोजाइमा स्थान बनाउँदै अनन्तले कीर्तिमानी डेब्यु गरेका थिए । डेब्युसँगै आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी अनन्त बनेका छन् ।

यसअघि नेपाली खेलाडी अनिल गुरुङ, रोहित चन्द, किरण कुमार लिम्बू, प्रकाश बुढाथोकी र अभिषेक रिजालले आइलिगमा खेले पनि आइएसएलमा मौका पाएका थिएनन् । नेपाली घरेलु फुटबलमा लामो सयमदेखि थ्रीस्टारबाट खेल्दै आएका अनन्त राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्यसमेत हुन् ।

नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चितवनका मार्की खेलाडी चुनिएका अनन्तको इस्ट बंगाल टोली पहिलो हाफमा बेङ्गलुरुसँग १-० ले पछि परेको थियो ।

भारतीय कप्तान सुनील क्षेत्रीले २४औं मिनेटमा गरेको गोलसँगै बेङ्गलुरुले अग्रता लिएको थियो । सोही अग्रताको बचाउ गर्दै बेङ्गलुरुले जित सुनिश्चित गर्‍यो ।

२० खेलबाट ११ अंक जोडेको इस्ट बंगाल तालिकाको ११औं स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको बेङ्गलुरु छैटौं स्थानमा छ । लिग लिडर जमशेदपुरको १९ खेलबाट ४० अंक छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार