गृहपृष्ठ शान्ति निकेतन तेक्वान्दो दोजाङद्वारा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
शान्ति निकेतन तेक्वान्दो दोजाङद्वारा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न
ज्ञानेश्वर साहनी, ७ असार । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं. ०३ मा स्थित शान्ति निकेतन तेक्वान्दो दोजाङ ले “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद”भन्ने मुल नाराका साथ प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
शान्ति निकेतन तेक्वान्दो दोजाङद्वारा आयोजना गरिएको सम्मान तथा प्रमाण पत्र बितरण कार्यक्रम संस्थाका अध्यक्ष प्रभाकर गुप्ता अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दीपक)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै अध्यक्ष गुप्ताले खेलकुद राष्ट् र स्वास्थ्य दुवैको लागि आवश्यक भएकोले यसलाई अगाडि बढाउन सबैले साथ दिने पर्ने बताए। गाउँपालिकाले यूवाहरुलाई खेलकुदमा अगाडि बढाउन विभिन्न नीति तथा कार्यक्रम सञ्चालनमा ल्याउने बताउनुभयो।
त्यस्तै कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रभाकर गुप्ताले यस संस्थाबाट अन्तर्राष्ट्रीय खेलकूद प्रतियोगिताहरुमा समेत सहभागी भईसकेको बताउनुभयो। भारतको उत्तर प्रदेशको कानपुरमा आयोजना भएको पाँचौं अन्तर्राष्ट्रीय तेक्वान्दो चयाम्पियनसिप प्रतियोगितामा ९ जना खेलाडी सहभागी भएका थिए यस मध्य ५ जना पहिलो स्थान, २ जना दोश्रो र २ जना तेश्रो स्थान प्राप्त गरेको बताउनु भयो । यही शनिबार र आइतबार भारतको राजधानी दिल्लीमा आयोजना हुन लागेको प्रतियोगीतामा समेत सहभागी हुने बताउनु भएको छ। यस संस्थाद्वारा आयोजना गरिएको तालिममा ५२ जना रहेको तथा हाल सम्म उत्कृष्ट नतिजा दिँदै आएको जानकारी गराउनुभयो।










