२०८३ असार २२ गते सोमवार | July 06, 2026

गृहपृष्ठ किरण चेम्जोङको कप्तानीमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा

किरण चेम्जोङको कप्तानीमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि दुई नयाँ अनुहारसहित अखिल नेपाल फुटबल संघ (एन्फा) ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा गरेको छ । नेपाली टिममा परेका नयाँ खेलाडी दुवै स्ट्राइकर हुन् । टिममा थ्री स्टार क्लबका ऋतिक खड्का र चर्च ब्वाइज युनाइटेडका आशिष चौधरीले स्थान बनाएका छन् ।

यस्तै, टिममा कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईंले चार गोलकिपरलाई स्थान दिएका छन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपाली टिममा रेजिन सुब्बाले करिब डेढ वर्षपछि कमब्याक गरे । यस्तै, पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विवादका कारण बाहिर राखेका खेलाडीले कमब्याक गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार