गृहपृष्ठ इंग्लिस प्रिमियर लिग : चेल्सीलाई १-० हराएसंगै लिग सकिनु अघिनै च्याम्पियन बन्यो म्यानचेस्टर सिटी
इंग्लिस प्रिमियर लिग : चेल्सीलाई १-० हराएसंगै लिग सकिनु अघिनै च्याम्पियन बन्यो म्यानचेस्टर सिटी
काठमाडौँ । यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ। लिग सकिनु अघि नै च्याम्पिनन भएको म्यानचेस्टरले चेल्सी माथि १-० को जीत हासिल गरेको हो।
इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलो हाफको १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो। लिग च्याम्पियन बनेको सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ। यस जितसँगै सिटीको ३६ खेलबाट ८८ अंकसहित शिर्ष स्थानमा छ भने पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ।





